Events

ऋण सेवा तथा समुहीक बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न 2082.11.26

2026-03-10

Banepa

मिति २०८२ फागुण २६ गते मंगलबार संस्थाको बैठकहलमा महिला शसक्तिकरण को उद्धेश्य सहित ऋण अभिमुखीकरण तथा समुह बचत कार्यक्रम सम्बन्धि अभिमुखीकरण कार्यक्रम सपन्न भएको छ । संस्थाका समुह बचत उप समिति संयोजक श्री सुरेन्द्र प्रजापती तथा ऋण तथा अर्थ व्यवस्थापन उप समिति सदस्य श्री पुर्ण पोटे, कार्यालय प्रमुख श्री रबिन्द्र भक्त पोटे, उप समिति सदस्य श्री सुवन कुमार प्रधान, श्री कृष्णेश्वरी बैद्य र श्री मंगलमाया मानन्धरको उपस्थीतिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थामा आबद्ध महिला सदस्यज्यूहरुलाई महिला उद्यम ऋण तथा समुह बचत गर्ने सम्बन्धि अभिमुखीकरण गरीएको थियो । अभिमुखीकरण पश्चात दुईतर्फि अन्र्तक्रियात्मक छलफल गरी समापन गरिएको थियो । कार्यक्रमको सहजीकरण तथा प्रस्तुतीकरण संस्थाका बचत तथा प्रबद्र्धण बिभाग प्रमुख श्री सत्य नारायण श्रेष्ठ मार्फत भएको थियो ।